काक्करभीट्टा झापा फुटबल क्लब तेस्रो अन्तर्रा्ष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभीट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
खेलको नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । ४१ औं मिनेटमा झापा फुटबल क्लबका विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।
खेलको तीन मिनेट समय बाँकी रहँदा काक्करभीट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे यस जितसँगै काक्करभीट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत आइतबारको खेल मनाङ मर्स्याङदी विरुद्ध नेपाल पुलिस क्लबको हुनेछ ।