इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड म्यान्यूले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ। गएराति टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भयो।
गुना सोल्सायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो। गएराति टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे।
जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ।
४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि परेको छ। प्रिमियर लिग अन्तर्गत गएरातिकाे अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले पराजित गरेकाे थियाे।