फागुनमा हुन लागेको आइएफबीबी प्रोफेशनल लिगका लागि ‘गेष्ट पोजर’का रुपमा रोली विङ्क्लार नेपाल आउने भएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले प्रतियोगिताका लागि रोली विङ्क्लार तीन दिन नेपाल बस्ने जानकारी दिए। कार्यक्रममा प्रतियोगिताको प्रोमो पनि सार्वजनिक गरिएको छ।
नेपालमा हुन लागेको आईएफबीबी प्रोफेशनल लिग ओलम्पियाको प्रो क्वालीफायर हो। जुन प्रतियोगितामा काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा फागुन ३–४ गते आयोजना हुँदैछ। प्रतियोगितमा नेपालसहित विभिन्न देशका खेलाडीले सहभागिता जनाउँदैछन्। खेलाडी सहभागिताका लागि अहिले नाम दर्ता सुरु भइसकेको छ।
खेलाडीले चार वटा विधामा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताका विजेताले मिष्टर ओलम्पिया खेल्नका लागि प्रो कार्ड पाउने छन्।नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि भिडन्त हुनेछ ।