थाइल्याण्डमा जारी टी–२० महिला स्म्यास क्रिकेटमा नेपाल फाइनलमा प्रवेश गरेको छ।
आज भएको सेमिफाइनलमा इन्डोनेशियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएका इन्डोनेशिया ११.१ ओभरमा जम्मा २७ रनमा समेटिएको थियो।
नेपालकी रुविना क्षेत्रीले ३.१ ओभर बलिङ गर्दै २ रन खर्चिएर ४ विकेट हात पारिन्।उनले २ ओभर मेडन समेत राखेकी थिइन्। यस्तै कविता कुँवर, नेरी थापा, सिता रानामगर र सरिता मगरले एक एक विकेट लिए।
युलिया अंग्रिनाले सर्वाधिक १३ रन जोड्दा अरु कुनै पनि खेलाडीले २ रन भन्दा माथिको स्कोर गर्न सकेनन्। नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियाे। नेपालका लागि सरिता राना मगरले ४८ रन बनाएर आउट हुँदा इन्दु वर्मा ३७ रन बनाउँदै नट आउट रहिन्।
काजल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापाले ५ रनको योगदान गरिन्।