अष्ट्रेलियामा जारी बीग बास लिग क्रिकेटको फाइनलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विकेटविहीन भएका छन्।
समूह चरणको अन्तिम खेलका लागि पुगेका सन्दीपले त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै टिम मेलवर्न स्टार्सलाई सेमिफाइनलमा पुर्याएका थिए। समूह चरणसम्म ११ विकेट हात पारेका सन्दिप सेमिफाइनल र फाइनलमा भने विकेटविहीन भएका हुन्।
उनले आइतबार मेलर्वन रेनङगार्डविरुद्ध ४ ओभर बलिङ गर्दा १६ रन खर्चिए। टिमको सातौं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङगरेका सन्दीपले २ रन खर्चिएका थिए।
नवौ ओभरमा दोस्रो ओभर बलिङ गरेका सन्दीपले ५ रन खर्चिए। तेस्रो ओभरमा उनले ३ रन खर्चिएका थिए। अन्तिम ओभरमा उनले ६रन खर्चिए। उनको बलमा एउटा मात्र चौका प्रहार भएको थियो।
बीग बासकाे फाइनल जित्न सन्दीपकाे टिमलाई मेलवर्न रेनेङगार्डले १४६ रनकाे लक्ष्य दिएकाे छ।