आयोजक लाली रुपन्देहीमा जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार भएको खेलमा रुपन्देहीले सुनसरी–११ लाई सडेन डेथमा ५–४ को अन्तरले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा आयोजक रुपन्देहीका डिफेन्डर रामजी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको खेल सिएमजी संकटा क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछन् भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछन् ।