धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा अर्कोमा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुने छ। तर खराव माैसमका कारण अहिलेसम्म पहिलाे खेलकाे टस भएकाे छैन् ।
रुपन्देहीलाई 'प्ले अफ' मा पुग्न धनगढीविरुद्ध जितको आवश्यकता छ। धनगढी भने प्रतियोगिताबाट बाहिरीसकेको छ। दिउसो हुने खेलमा अत्तरिया र विराटनगर दुबै टिम जितको खोजीमा हुनेछन्। दुवै टोलीलाई प्ले अफ पुग्न आजकाे खेल महत्वपूर्ण छ।
विराटनगरलाई पराजित गर्न सके अत्तरिया एक खेल अगावै प्लेमा पुग्ने छ। तर पराजित भए अत्तरियालाई अन्तिम खेलसम्म कुर्नु पर्ने हुन्छ। विराटनगरलाई प्ले अफमा पुग्न आजको अन्तिम खेल जित्नै पर्ने दबाब छ। डीपीएलमा ६ टिम सहभागी छन् । उपाधि विजेताले ३० लाख पुरस्कार प्राप्त गर्ने छ।