यसवर्षको उत्कृष्ट फिल्मको फिल्मफेयर अवार्ड ‘राजी’ ले जितेको छ । अर्को फिल्म ‘अन्धाधुन’ ले भने सर्वोत्कृष्ट फिल्मको क्रिटिक्स अवार्ड जितेको छ । हिजो मुम्बईको बीकेसीस्थित जियो गार्डेनमा भएको कार्यक्रममा रणवीर कपुर र आलिया भट्टले उत्कृष्ट नायक तथा नायिकाको अवार्ड हात पार्न सफल भए ।
फिल्मफेयर अवार्डमा सन्जयलीला भन्सालीको पद्मावत सबैभन्दा बढी १७ नोमिनेशनमा परेको थियो । यो फिल्मले ४ वटा क्याटागोरी उत्कृष्ट नायक (रणवीर सिंह–क्रिटिक्स अवार्ड), उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट प्लेब्याक सिंगर तथा उत्कृष्ट कोरियाग्राफीको अवार्ड जित्यो ।
मेघना गुल्जारको राजी १७ नोमिनेशनमा परेको थियो, जसमा उत्कृष्ट अभिनेत्री (आलिया भट्ट), उत्कृष्ट निर्देशक (मेघना गुल्जार) सहित ५ क्याटागोरीमा यो फिल्मले अवार्ड हात पा¥यो । क्राइम थ्रिलर अन्धाधुन र बधाई हो ११–११ नोमिनेशनमा परेका थिए ।
सहअभिनेताको अवार्ड बधाई हो बाट गजराज राव तथा सन्जुबाट विक्की कौशल, सहअभिनेत्रीको अवार्ड बधाई होबाट सुरेखा सिखरी, संवाद बधाई होबाटै अक्षत घिलडियालले पाए भने लाइफटाइम अचिभमेन्ट अवार्ड श्रीदेवी (मरणोपरान्त) दिइयो । बेस्ट डेब्यु इशान खट्टर र सारा अलि खान, बेस्ट डेब्यु निर्देशक अमर कौशिक, उत्कृष्ट गीत राजीबाट गुलजार, उत्कृष्ट गायक अरिजित सिंह (ऐ वतन, राजी) भए ।
समारोहमा नीता सन्धृु, मौनी राय, जान्हवी कपुर, विक्की कौशल, रणवीर सिंह र कृतिसेननलगायतले प्रस्तुति दिएका थिए ।