एजेन्सी । अजय देवगणको मुख्य भूमिका रहेको ‘दे दे प्यार दे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
अकिभ बलीले निर्देशन गरेको फिल्म लभ रञ्जन फिल्मस् र टी-सिरिजले निर्माण गरेका हुन् । यसको कथा भने लभ रञ्जनले लेखेका हुन् ।
पत्नीसँग डिभोर्स गरी बसेका अधबैंसे र टिनएज केटीबीचको रेमान्सको कथालाई फिल्ममा देखाइएको छ । यो विश्वभरका फिल्महलमा मे १७ रिलिज हुनेछ । फिल्ममा अजय देवगण, तब्बु, रकुल प्रितसिंहको अभिनय देख्न पाइन्छ ।