नेपाली हलमा आज (शुक्रबार) लभ स्टेसनले सोलो प्रदर्शन पाएको छ । लभ स्टेसन आजदेखि देशभरका हलहरुलमा रिलिज भएको हो । उज्ज्वल घिमिरेले निर्देशन गरेको लभ स्टेसनले सोलो रिलिजको अवसर पाएको हो ।
प्रदीप खड्का र जस्सिता गुरुङको मुख्य भूमिका रहेको यस फिल्मका निर्माता भने गोविन्द शाही हुन् । चलचित्र ‘लिलिबिली’बाट उदाएको यो जोडीले लभ स्टेसनमा पनि दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माता शाहीले स्पेसखबरलाई बताए । लभ स्टोरीमा बनेको फिल्मलाई मल्टिप्लेक्समा पनि उच्च सो मिलेको छ ।
पछिल्लो समय नेपाली फिल्मको व्यापार खस्किरहेको अवस्थामा लभ स्टेसनले भने केही आशा देखाएको छ । लभ स्टेसन काफिया फिल्मसको ब्यानरमा बनेको हो । फिल्ममा प्रदीप खड्का, जस्सिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानाको अभियन देख्न सकिन्छ । आलोक शुक्लाले दार्जीलिङ, काठमाडौं, भियतनाम, इलाम, झापालगायत स्थानमा छायांकन गरेको चलचित्र लभ स्टेसनमा करिब २ करोड रुपैयाँ भएको निर्माता शाही बताउँछन् ।
फिल्ममा मेरो आँगनीमा, घाम जुन बोलका २ गीत समावेश छन् । संगीत शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी तथा एलिश कार्कीको छ ।