पूर्वसचिव दुर्गानिधि शर्माको पुस्तक ‘तिरो’ को लोकार्पण गरिएको छ ।
राजधानीको कुञ्ज नाटकघरमा मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, स्टाफ कलेज प्रमुख पुण्यप्रसाद न्यौपाने, लेखक दुर्गानिधि शर्मा र घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले सोमबार पुस्तकको संयुक्त लोकार्पण गरे ।
‘किताब आत्मकथा भए पनि भिन्न र फरक छ । राज्यप्रति भूमिप्रति र परिवारप्रतिको दायित्व, कर्तव्य र कृतज्ञता पुस्तकले व्यक्त गरेकोमा खुसी लागेको छ,’ प्रमुख अतिथि रेग्मीले पुस्तकबारे भने, ‘हरेक मान्छेले यति अनुभव गरे देशप्रतिको कर्तव्य पुरा हुने र हरेक नेताले यो किताब पढ़्नुपर्छ ।’ आफ्नो मन्त्रिपरिषदका बेला सचिव भएका शर्मा जुझारु कर्तव्यपरायणता भएको टिप्पणी गरे ।
प्रकाशन संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले ‘तिरो’ को दर्शन आफंैमा दर्शनीय भएको बताए । लेखक दुर्गानिधि शर्माले आफूले ३८ वर्ष ६ महिना लगाएर प्रशासनमा कार्यवाहक मुख्य सचिवसम्म भएकाले यो राज्यकाल गुण तिर्न तिरो लेखेको बताए ।