बलिउडमा यस वर्षको प्रतिक्षितमध्येको एक फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को सिक्वेलको ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा देखाइएको छ । ट्रेलर मसलेदार बनेको छ । पुनित मल्होत्राको निर्देशनमा बनेको फिल्म करण जोहरले निर्माण गरेका हुन् । फिल्ममा टाइगरले तारासँग लिपलकको दृश्य पनि देखाइएको छ । ट्रेलरले फिल्ममा टाइगर, तारा र अनन्याबीचको त्रिकोणीय प्रेम कहानीको संकेत गर्छ ।
यस्तै फिल्ममा करण जोहरसँगै यश जोहर र अपूर्व मेहताको पनि लगानी छ । सफल चलचित्र ‘स्टुडेन्ट अफ द इयर’को दोस्रो भागलाई लिएर धेरै दर्शक आशावादी छन् । फिल्मले मार्च १० तारिखलाई आफ्नो रिलिज डेट तय गरेको छ ।