प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन वैशाख २० गतेबाट सुरु हुने भएको छ । ७ प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३ सय ६३ प्रतिस्पर्धी मेगा अडिसनमा सहभागी हुनेछन् ।
मेगा अडिसनमा जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी र सुनीता दुलालसँगै थप एक अतिथि निर्णायक रहनेछन् । प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहनेछ ।
२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहनेछ ।