मिस नेवाः कोसीको अडिसन विराटनगरस्थित बिग होटलमा सुरु भएको छ । पहिलो चरणमा शनिबार ११ जना सहभागी भए ।
नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिका विजेता रइसा श्रेष्ठ र सुधा श्रेष्ठले निर्णायकको भूमिकामा छन् । सहभागीलाई नेवारी संस्कृति, महिला वर्तमान अवस्थालगायत विषयमा प्रश्न सोधिएको थियो ।
१६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवती प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धामा एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू छन् । यो तेस्रो शृंखला हो । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पनि पाउनेछन् ।