जेठ ३ गतेको रिलिज डेट तोकेको फिल्म जात्रै जात्राको शीर्ष गीत सार्वजनिक भएको छ ।
फिल्मको भाव प्रस्तुत भएको गीतमा कालीप्रसाद बास्कोटाको आवाज र संगीत छ । गीतलाई अर्जुन भट्टराईले लेखेका हुन् । गीतमा मुख्य कलाकारहरु विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँलाई फिचरिङ गरिएको छ ।
प्रदीप भट्टराईले लेखेको फिल्ममा उनीहरुका अलावा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरेको अभिनय छ ।