अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।
सिनेमा उद्योगमा उनले गरेका उल्लेख्य योगदानका लागि शुक्रबार साँझ सम्मान गरिएको हो।उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो।
बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए।