कवि हिक्मत थापाको कतिवा संग्रह ‘चिबोकका केटीहरू’ को विमोचन गरिएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा कवि शैलेन्द्र साकार, गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष जीवा लामिछाने, साहित्यकार गगनसिंह थापा र कवि थापाले कविता संग्रहको संयुक्त रूपमा विमोचन गरेका हुन्।
गैरआवासीय नेपाली संघका कोषाध्यक्षसमेत रहेका थापाले कवितामा बिभिन्न मुलुक घुमफिर गर्ने क्रममा देखेभोगेका विषय समावेश गरेका छन्।
नाइजेरियाको ड्याङ्गोटे कम्पनीको व्यबस्थापकमा कार्यरत थापाको कविताको शीर्षक चिबोक नाइजेरियाको एउटा ठाउँबाट जुराएका हुन्।
सांग्रिला बुक्सद्धारा प्रकाशित उक्त कृतिमा कति थापाले विभिन्न समयमा लेखेका ३६ कविता समाबेश छन्।