अभिनेत्री मनिषा कोइरालाको जीवनीमा आधारित पुस्तक ‘हिल्ड को कभर शनिबार सार्वजनिक गरिएको छ । आगामी डिसेम्बरमा सार्वजनिक हुने पुस्तक पाठेघरको क्यान्सरविरुद्ध मनिषाको लडाईंविरुद्ध केन्द्रित छ । मनिषाद्वारा अभिनित ‘१९४२ : अ लभस्टोरी’ फिल्मको अभिनय गरेकी नीलम कुमारले नै पुस्तक लेखेकी हुन् ।
‘जीवनलाई पुनः प्रेम गर्न र आत्मखोजका लाग क्यान्सर मेरा लागि पाठ भयो,’ उनले पुस्तकको कभरसहित ट्वीट गरेकी छन् । पुस्तक भारतको पेन्गुइन र्यान्डम हाउसले प्रकाशन गरेको हो ।