बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले आ–आफ्ना इन्स्टाग्राम तथा ट्वीटरमार्पm्त आफ्ना बिहेको तस्बिर सार्वजनिक गरेका छन् । एउटा तस्बिरमा रणवीर रातो रंगको शेरवानीमा देखिएका छन् भने दीपिका रातो रंगको लेहंगा लगाएकी छिन् । अर्को तस्बिरमा भने रणवीर सेतो रंगको शेरवानीमा छन् भने दीपिका रणवीरतर्फ हेरेर हाँस्दै छन् । यता, दीपिकाको स्वागतका लागि रणवीरको घरमा भव्यतरिकाले सजाइएका तस्बिर पनि सार्वजनिक भएका छन् ।
उनीहरुले बुधबार बिहान कोंकणी विधिअनुसार इटलीको कोमो प्रान्तस्थित कोमो तालसँगैको भिल्ला डेल बाल्बियानेलो रिसोर्टमा बिहे गरेका हुन् । ६ वर्ष लामो प्रेमसम्बन्धलाई उनीहरुले बिवाहमा परिणत गरेका हुन् ।
तल लिंकमा क्लिक गर्नुहोला