आगामी सोमबारबाट ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ ।सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिवल गर्दै आएका छ। विनशकारी भूकम्प गएको बर्ष भने फेस्टिवल हुन सकेको थिएन ।
नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिबल निर्देशक डा। मञ्जु मिश्रले पत्रकार संमेलनमा जानकारी दिइन् ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले उक्त चलचित्र महोत्सव गर्न लागेको हो । नेपाल र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले नेपाल अफ्रिका मन्मेन्ट का साथै नर्वे, नेपाल र सुडानको संयुक्त किताब बिमोचन गरिने समेत सम्मेलनमा जानकारी दिइयो ।
कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले जानकारी दिइन् ।
महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहने छ । सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक बिमल कडेलले नेपाल र अफ्रिका विचको दुरी कम गर्ने यो महोत्सव सहयोगी हुने बताए ।
महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ लगायत प्रदर्शन गरिनेछ । महोत्सवले नेपाल र अफ्रिकी मूलुकसंगको सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ ।