पत्रकार जगत नेपालको पुस्तक ‘वीपीको विद्रोह’ सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकार नेपालको पुस्तक ‘वीपीको विद्रोह’ को विमोचन गरेका हुन्। पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा रडा. ज्ञानु पाण्डेले पुस्तकमाथि टिप्पणी गरेका थिए।
बाह्रखरी बुक्सले प्रकाशन गरेको पत्रका नेपालको पुस्तकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाबारे सक्ष्म अध्ययन र स्थल वर्णन गरिएको छ। पत्रकार नेपालले वीपीका राजनीतिक जीवनका लुकेका पाटा र विद्रोहका आयामहरुलाई पुस्तकमा समेटेका छन्।
वीपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्ष, कदम र विद्रोहका क्रममा झेल्नुपरेका संकटबारे सुक्ष्मरुपमा केलाइएको छ। पत्रकार नेपालको यो चौथो कृति हो।