चीनको सान्यामा जारी मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी प्रतियोगीसँग पराजित भएकी छन्। हेड टु हेड प्रतिस्पर्धाको प्रस्तुतिमा श्रृंखला ३–० ले पराजित भएकी हुन्। निर्णायकहरु पूर्व मिस वल्र्डहरु मानुषी चिल्लर, स्टीफान भल्ले र मेगान योङ तीनैजना सिंगापुरको पक्षमा उभिएका थिए।
तर उनको मिस वल्र्डको यात्रा भने टुंगिएको छैन। उत्कृष्ट ३० मा अझै पनि १७ ठाउँ खाली छन्। यस्तै ब्युटी विथ पर्पस् र मल्टिमिडिया अवार्ड पनि बाँकी नै छन्। जसमा श्रृंखलाको सम्भावना बलियो छ। पराजित भएपछि एक भिडियो पोष्ट गर्दै उनले उत्कृष्ट ३० का स्थानहरु अझै बाँकी भएकाले नआत्तिन आफ्ना शुभेच्छुकलाई आग्रह गरेकी छन्।