मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् ।टप १२ बाट बाहिरिएसँगै मिस वर्ल्डकाे ताज पहिरिने उनकाे सपना अधुरै रहयाे ।यद्पी याे नेपालकाे लागि भने निकै ठूलाे उलब्धी हाे ।
यसअघि भएका मिस वर्ल्डको प्रतिस्पर्धामा नेपाली प्रतिस्पर्धी याे स्थान सम्म पुग्न सकेकाे थिएन । तर, उनीप्रति यस पटक केहि विश्वास भने जागेकाे थियाे ।
फाइनल प्रतिस्पर्धामा यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । भारत र चीनकी सुन्दरीलाई पछि पार्दै श्रृखला मिस वर्ल्डको टप १२ मा पर्न भने सफल भएकी हुन्। टप १२ मा परेपछि श्रृंखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिइन् ।
उनले याे प्रतिस्पर्धामा'मल्टिमिडिया' र‘ब्युटी वीथ अ पर्पज’को अवार्ड भने हात पार्न सफल भइन्। यस पटककाे मिस वर्ल्ड २०१८ भने मेक्सिकाेकी भेनेसा पाेन्स् भएकी छन् । ३० जनाबीचकाे प्रतिस्पर्धा उनी छानिएकी हुन् ।