बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउने भएको छ ।
पुसमा आयोजना हुने लिटरेचर फेष्टिबलमा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ पुसमा बजारमा आउन लागेको जानकारी गराएकी हुन् ।
क्यान्सरविरुद्धको लडाईँको विषय समेटिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको उनको भनाई छ । पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारिरीक, मानसिक तथा संवेगात्मक लडाई लड्नु पर्यो भन्ने विषय समेटिएको कोइरालाले बताइन् ।
क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने पनि उल्लेख पुस्तकमा उल्लेख गरेकाे काेइरालाले बताइन् । उनले भनिन् कसैलाई उपदेश दिन वा ज्ञान बाँड्नका लागि पुस्तक लेखेकी होइन ।अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन् ।