हरेक बर्ष झै यस पटक पनि आईसी टे«निङ इन्स्टिच्युट र आईसी आर्ट अफ फेशन कलेजको आयोजनामा“रेड फेशन सो’ सम्पन्न भएको छ ।
गत आइतबार कुपण्डोलस्थित कुुन्डलीनी क्लवमा भएकाे उक्त फेशन सो मा स्कुल र कलेजका गरी २ सय ८८ जना फेशन डिजाइनर तथा ९३ जना ईन्टियर डिजाइनरहरुले फरक थिमका रातो पहिरनमा प्रस्तुुती दिएका थिए । रेड सो मा यो बर्ष पनि बिद्यार्थी, मोडल, फेशन डिजाइनरहरुको पृथक प्रस्तुुती रह्यो ।
बिभिन्न समुुहमा दिइएको प्रस्तुुतीको आधारमा उत्कृष्ट चार बिधामा “बिजेता, फस्ट रनरअप, सेकेन्ड रनर अफ, अपकमिङ डिजाइनर ” छनोट गरिएको थियो । चल्तीकी डिजाइनर स्वर्णिम राई, सवा नेपालका चर्चित डिजाइनर रिकेश कास्ती, मोडल हण्ट–२०१८ की विजेता अदिती अधिकारी, मोडल हन्ट आशिष केसी निर्णयक मण्डलमा रहेका थिए । त्यस्तै इन्टेरीयर तर्फबाट भने निर्णायाक मण्डलमा बुद्ध ईयरकी सह–चालक अञ्जुु शाही र अञ्जील श्रेष्ठ रहेका थिए ।
रेड सोमा इन्टेरियर तर्फ उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएका छन् बिशाल राज घतानी, प्रफुुल्ल जङ पाण्डे, समीर श्रेष्ठ, समीक्षा काफ्ले, उनीहरु गुुप्र ‘बि’ बाट बिजेता बनेका हुुन् । त्यस्तै गुुप्र ‘बि’ बाटै बिश्वत्तम श्रेष्ठ, नन्द खड्का र अस्मिता पाठक फस्ट रनरअफ बनेका छन । गोपाल श्रेष्ठ, अञ्जली महर्जन, रोजीस शाक्य र कुुमार श्रेष्ठ सेकेन्ड रनरअप बनेका छन् । उनीहरु गुुप्र ‘आर’ बाट बनेका हुुन् । अपकमिङ डिजाइनरको रुपमा गुुप्र सी बाट निशा दुुरुङच्याङ, सुुनीता पौडेल, दिक्षान्त पण्डित रहेका छन् ।
फेसन विङस तर्फ विजेता सृष्टि अधिकारी, फस्टरनरअप ज्योती के.सी, सेकेण्डरनरअप मीरा थापा र अपकमिङ डिजाइनरमा पाल्देन दोर्जे शेर्पा उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएका छन् । वेस्र्टन तथा नेपाली म्युजिकको तालमा रातो–निलो, हरियो–पहेंलो बत्तीको प्रकाशमुनी मोडल लगायत डिजाइनरहरु बिरालो चालमा क्याटवाक गर्दा अत्यन्तै सुन्दर देखिएको थियो ।