अभिनेतृ मनिषा कोइरालाले क्यान्सर कुनै मृत्युदण्ड नभएको र त्यसमा पनि जीवन रहेको बताएकी छन् । जयपुर साहित्य महोत्सवमा आइतबार उनको पुस्तकमाथिको सेसन ‘हिल्ड : लाइफ लर्निङस फ्रम मनिषा कोइराला’ मा महोत्सवका निर्देशक सन्जय रोयसँग बोल्दै उनले सीमित समयका बीच आफूसँग जे छ, त्यसैमा सन्तुष्ट हुन आग्रह गरिन् ।
उनले दिएको अभिव्यक्ति :
समयले मलाई रोगबाट बाहिर निकाल्न मद्दत ग¥यो । सम्झनुस् समय सीमित छ, यो नै सबैभन्दा ठूलो हो । यसबाट मेरो जीवन, मेरो समयलाई ध्यान दिन सिकें ।
मैले के महसुस र आत्मविश्लेषण गरें– म स्वस्थ हुनुछ भने आफ्नो गल्ती सुधार्नुपर्छ । एक व्यक्तिले सोधेका थिए– जब तपाईले आफूलाई क्यान्सर भएको थाहा पाउनुभो, त्यतिबेला मैमाथि यस्तो किन भयो भनेर सोच्नुभयो ?
मैले त्यस्तो त सोचिनँ, यो क्षण निकै कष्टदायक थियो । तर मैले आफ्नो सम्पूर्ण ध्यान सकारात्मक समाचारहरुमा लगाएँ । मेरो विचारमा क्यान्सर मृत्युदण्ड होइन, यसमा पनि जीवन छ ।
म यतिमात्र भन्न सक्छु, यदि कुनै समस्या आउछ भने त्यसबाट टुट्नु स्वभाविक हो । नडराउनुस् पनि म भन्दिनँ, तर हामीसँग जहिले पनि विकल्प रहन्छ, त्यसलाई चुनौतिको रुपमा लिने कि त्यसलाई आफूबाटै बाहिर निकाल्ने ? यो सबै त्यसप्रति लिइने रवैया हो ।
यो सबै समस्या मेरो जीवनमा आयो, जसबाट मैले केही सिक्न सकुँ, म आफूलाई सन्तुलिन राख्न सकुँ । आफ्नो पुस्तकका बारेमा फिल्म बनाउनेबारेमा मैले अहिलेसम्म केही सोचेको छैन । अझै मैले जीवनबाट धेरै कुरा सिक्न बाँकी छ, अरु धेरै कुरा गर्न बाँकी छ । जब यी सबै पूरा हुनेछन्, त्यतिबेला त्यो समय आउनेछ र फिल्म अझ बढी रुचीकर हनेछ ।