राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको 'लुट्न सके लुटु' गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानको आज बसेको आकस्मिक बैठकले गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पार्दै सो गीतलाई जस्ताको तस्तै राख्न आग्रह गरेको हो ।
अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा ,कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनु भएको हो भने गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्न अनुरोध गरिएको छ ।