एक म्युजिक भिडियोको सुटिङका लागि नेपाल आएका भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनलाई ढाडमा अचानक पीडा महसुस भएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको हो ।नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएका गायक निगमलाई डा पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।
उनको सबै रिपोट आएपछि मात्र अस्पतालमै राख्ने कि होटलमा पठाउने भन्ने टुुंगो लाग्ने अस्पतालले जनाएको छ। उनको रक्तजाँच , एक्स र एमआरआई पनि गरिएको छ ।
भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका गायक निगम प्राय जसो गीतको शूटिङका लागि नेपाल आउँने गर्छन् ।