प्रसिद्ध हिन्दी साहित्यकार तथा समालोचक डा. नामवर सिंहको निधन भएको छ। एक महिना अघिदेखि विरामी परेका नामवरको गएराति एम्सको ट्रमा सेन्टरमा ९२ वर्षको उमेरमा निधन भएको हो।
उनको आज दिउँसो अन्तिम संस्कार गरिने जनाइएको छ। जनवरीमा उनी आफ्नो कोठमा लडेका थिए, त्यसपछि उनलाई एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको हो। उनलाई ब्रेनह्यामरेज भएको डाक्टरले बताएका थिए।
सिंहको जन्म १९२७ जुलाई २८ तारिखमा वाराणसीको चंदौली जीयनपुरमा भएको थियो। उनी प्रख्यात भारतीय साहित्यकार स्व. हजारी प्रसाद द्विवेधीका विद्यार्थी थिए।
लामो समयसम्म अध्यापन पेशामा रहेका सिंहले भारतका चार विश्वविद्यालयमा आवद्ध भएका थिए।
वनारस हिन्दू विश्वविद्यालय (वीएचयू) दिल्लीको जवाहर लाल नेहरु यूनिवर्सिटी (जेएनयू)मा अध्यापन गराए। जेएनयूमा पढाउन आउनु अघि सिंहले सागर र जोधपुर यूनिवर्सिटीमा पढाएका थिए। बीएचयूबाट हिन्दी साहित्यमा एमए र पीएचडी गरेका सिंहले हिन्दी साहित्यमा आलोचनालाई नयाँ स्थान दिन सफल भएका थिए।
उनले ‘जनयुग’ र ‘आलोचना’ नामका दुई पत्रिकाको सम्पादक भएर पनि काम गरेका थिए। यसैगरी राजनीतिमा भने उनी असफल भएका थिए। १९५९ मा चकिया चन्दौली विधानसभा निर्वाचनमा भाकपाबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए। बीबीसीबाट