चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा बहुप्रतिक्षित गीत ‘आजको दिन रमाइलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ।
गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो। भिडियोमा पुनम लिम्बु,बिनम चेम्जोङ, अषिस राई, अलिशा चेम्जोङ लगायतको अभिनय छ।
गीतमा दुई दिनको जिन्दगीमा रमाईलो गरौं भोलि भेट होला नहोला,समयले कहाँ पुर्याउँला भन्ने आशय ब्यक्त गरिएको छ। मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ। डान्सिङ नम्बरको गीत भएकाले एकदमै आशावादी रहेको गायक देवेनले बताएका छन्।
गायक देवेनकै शब्द-संगीत रहेको भिडियोको अर्जुन मुसहाङले निर्देशन गरेका हुन्। पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको राजारानीमा छायांकन गरिएको गीतको भिडियो नारायण जिसीले खिचेका हुन्।
भिडियाे हेर्नुस्: