पाकिस्तानद्वारा विना शर्त स्वदेश फर्काइएका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दन वर्तमानको जीवनमाथि फिल्म बन्ने भएको छ । पाकिस्तानमाथिको हवाई आक्रमणका क्रममा लडाकू विमान पाकिस्तानी भूमिका खसेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा सम्बोधन गर्दै शान्तिका लागि अभिनन्दनलाई फिर्ता गर्ने घोषणा गरेका थिए ।
अभिनन्दनमाथिको फिल्मका लागि केही निर्मार्ताहरुले नाम दर्तासमेत गरिसकेको बताइएको छ । फिल्ममा अभिनन्दनको भूमिका कसले गर्ला भनेर अड्कलबाजीसमेत भएको छ । जसमा अक्षयकुमार, रणवीर सिंह, अजय देवगन र दक्षिण भारतीय स्टार सूर्याको नाम चर्चामा छ । अक्षयकुमारले पहिला पनि यस्तै भूमिका गरिसकेका छन् भने अजय देवगन र सूर्या आफ्नो जुँगाका कारण शीर्ष छनौट हुन सक्छन् ।