काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो– शो सुरु भएको छ। सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो।
अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गरे। उनले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरिन्। उनले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने बताइन्।
अटो शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ। अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ। ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन्। अटो मोवाइल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ।