एनआईसी एशिया बैंकले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्याएको छ। बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिदमा नगत फिर्ता योजना सार्वजनिक गरेको हो।
बैंकका अनुसार सस्तो डिल, ग्यापु मार्केटप्लेस, ठुलो पसल, ओकेदाम र कलमार्ट जस्ता ई–कमर्शमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता पाइने छ।
योजना अन्तर्गत सस्तो डिल र ग्यापुमा २० प्रतिशत वा २ हजारसम्म, कलमार्टमा २५ प्रतिशत वा १५ सयसम्म, ठुलो पसल, इन्फीस्टन र ओकेदाममा १५ प्रतिशत वा १ हजार रुपैयाँसम्म नगद फिर्ता हुनेछ। यो योजना २७ असोज देखि १ कार्तिकसम्म लागु हुने छ।