भक्तपुरमा नेपालकै ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ सुरु भएको छ।
भारतीय उद्योग परिसंघ (सीआईआई)को आयोजनामा भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउण्डमा बिहीबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरी पनि उपस्थित भएका थिए।
नेपालस्थित भारतीय दूतावासको सहकार्यमा सुरु भएको तीन दिने प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डार्इ, केटरपिलर, टाटा हिटाची जस्ता ठूला कम्पनीहरुसहित भारतका १५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनीमा राखेका छन्। दुर्इ लाख वर्ग फिट भन्दा बढी क्षेत्रमा राखिएको प्रदर्शनी नेपालको सबै भन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने विश्वास गरिएको छ।
चार हजारभन्दा बढी व्यापारीहरुले यो प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रर्दशनीमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्थाहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो। पहिलेदेखि नै उच्च तहमा चलिआएको औद्योगिक सहकार्यलाई यो प्रर्दशनीले दुई देशबीचको औद्योगिकरव्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोड्ने लक्ष्य लिएको छ।
भारत सरकारको सहभागितामा आयोजना सुरु भएको सीआईआई कन्म्याक २०१८ नेपालको पुर्वाधार क्षेत्रको तिव्र विकासका लागि ठूलो अवसर हुनेछ। प्रदर्शनीले विश्वस्तरको इन्फ्रास्ट्रक्चर निर्माताहरूसँग अवसर र चुनौतीहरूका बिषयमा सहभागीहरूलाई छलफल र संवादको अवसर पनि उपलब्ध गराउनेछ।