मारुती सिमेन्ट लिमिटेडले निर्माण क्षेत्रमा क्रियाशिल कामदार (मिस्त्री)हरुको निशुल्क दुर्घटना वीमा संचालनमा ल्याएको छ।
हेटौंडा, चितवन, पोखरा लगाएतका ठाउँमा भएको ‘निर्माणकर्मी भेटघाट’ मा दुर्घटना बीमा र औषधोपचार दिने कार्यक्रम घोषणा गरिएको हो।
करिब ५ सय बढी निर्माणकर्मीहरु सहभागि भएको भेलामा मारुती सिमेन्टका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले सुरक्षित निर्माणसम्बन्धी जानकारी गराउनुका साथै ५ लाख बराबरको निःशुल्क दुर्घटना बीमा र औषधोपचार खर्च दिने घोषणा गरेका थिए।
देशभरी नै यो कार्यक्रममार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको जानकारी दिए।
कार्यक्रममा कम्पनीक टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी गराएका थिए।
सो अबसरमा निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरुसमेत प्रदानगरिएको थियो।