आइएमई लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
सम्झौतापछि सर्वसाधरण तथा बैंकका ग्राहकले एनआइसी एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई. लाइफ इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्ने आइएमइ लाइफ इन्स्योरेन्सले जनाएको छ।
सो सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन्।
आइएमई लाइफ इन्स्योरेन्सले ६५ स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।