आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ४४औं शाखा शुक्रबारदेखि काठमाडौंकोे कीर्तिपुरमा संचालनमा आएको छ। यो संगै कम्पनीका ४४ वटा शाखा तथा उपशाखा र १० वटा सेवा काउण्टर पुगेका छन्।
शाखा उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएकोले स्वस्थ्य प्रतिपर्धा मार्फत ग्राहकलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिए।
संचालक समितिका अध्यक्ष हेमराज ढकालले आगामी दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने बिश्वास व्यक्त गरे।
कम्पनीले आ.ब. २०७५।०७६ को प्रथम त्रैमासिकसम्म करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको छ। कूल लगानी १ अरब ५ करोड रहेको कम्पनीको खुद नाफा २ करोड ६२ लाख रहेको छ।