आइएमई पेका सेवाग्राहीले कुमारी बैंको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन्।
कुमारी बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवा उपलब्ध पाउनेछन्।
यसका साथै, कुमारी बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि पाउन सक्नेछन्। कुमारी बैंक आइएमई डिजिटलको बैंकिङ्ग साझेदार संस्था हो।