आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंक महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सीना र बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विरुराम जैशीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकले कञ्चन बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउनेछन्।