कञ्चनपुरको महेन्द्रनगरमा आइएमई जनरल इन्स्योरेन्सको शाखा स्थापना गरिएको छ।
शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रुपमा गरेका हुन्।
सो अबसरमा कम्पनी संचालक समितिका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी शाखा विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए।
कञ्चनपुर शाखासहित कम्पनीले ४४ वटा शाखा तथा उपशाखा र ११ वटा सेवा काउण्टरबाट सेवाग्राहीलाई सेवा दिदैं आएको छ।