आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ।
सम्झौतापछि बैंकका ग्राहकले नेपालभरका शाखाहरुमार्फत आइएमई इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा पाउनेछन्।
कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवा सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए। सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन्।