गण्डकी–धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध साविकको गण्डकी धौलागिरी अंचलभित्रका जिल्लाहमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार आइएमई पेबाट गर्न सकिने भएको छ।
मंगलवार पोखरामा आयोजित विशेष कार्यक्रमवीच सो सम्बन्धी सम्झौता पत्रमा आइएमईका तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलरका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरपछि पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवा लिने सेवाग्राही लाभान्वित हुने बताए। गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले आइएमई पेसँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको बताए।