नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ। निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो।
निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ। ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो।’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने। निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन्। नागरिक दैनिकमा खबर छ।