आगामी वर्ष रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको परीक्षाको फारम आजदेखि खुलेको छ ।
शुक्रबार अर्थात् आजदेखि शुरु भएको फारम भर्ने कार्यक्रम चैत १७ गतेसम्म जारी रहने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष नकाटेका व्यक्तिले अनलाईन प्रणालीबाट फाराम भर्न पाउने व्यवस्था गरिएको छ । www.epsnepal.gov.np मा अनलाइनबाटै फारम भर्न सकिनेछ । उक्त कार्यालयले परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन भई असार १३ गते परीक्षाको नतिजा प्रकाशित हुने बताएको छ