लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले आज त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार चार अर्ब तीन करोड बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो ।