नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको छ । ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार छ अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ ।
बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो ।