साताको दोस्रो दिन सोमबार धितोपत्र बजारको शेयर मापक नेप्से सूचक ९.३२ अंकले बढेर ११९१.६८ विन्दुमा पुगेको छ।
सोमबार बजारमा लामो समयपछि ठूलो रकमको शेयर कारोबार भएको छ। सोमबार ९० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको हो। हिजो आइतबार पनि शेयर बजार १७ अंकले बढेको थियो।
अधिकतम कारोबार हुने कम्पनीमा बाणिज्य बैंकको शेयर रहेका छन् भने अधिकतम मूल्य बढ्नेमा बीमा कम्पनी र माइक्रोफाइनान्स छन्। बाणिज्य बैंकको मात्रै ३८ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
होटल र अन्य तर्फको सूचक घटेका छन् भने बाँकी सूचक र उपसूचक बढेका छन्। जीवन, निर्जीवन र माइक्रोफाइनान्सको उपसूचक दुई प्रतिशत भन्दा माथिले सुधार देखिएको छ।