नेपाल इण्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो जेष्ठ ३ गतेदेखि काठमाडौमा आयोजना हुने भएको छ।
नेपाली आभुषण तथा हस्तकलाको मौलिकता, विविधता, विशिष्ट क्षमता लगायत पक्षलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा एक्स्पो गर्न लागिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
मंगलबार काठमाडौमा पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार एक्स्पोमा ७० ओटा स्टल राखिने छन्। एक्स्पोमा बहुमूल्य गरगहना तथा हस्तकलाको अतिरिक्त रत्न, पत्थर एवम् आधुनिक मेसिनरी सामग्री, आभुषणयुक्त घडी लगायतका सामग्रीहरु समेत समावेश हुने आयोजकको भनाइ छ।
थप आकर्षणको रूपमा ज्वेलरी सम्बन्धी सेमिनार, जेम कटिङ, पोलिसिङ, फिनिसिङ लगायतका फेशन शो हुने महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए। त्यस्तै एक्स्पोमार्पmत अन्तर्राष्ट्रिय बजारमा स्वदेशी गहना निर्यातका लागि व्यवसायीलाई अभिप्रेरित हुने, अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपालको आभुषण, रत्न, पत्थर लगायतमा संयुक्त पूँजी लगानी गर्न प्रोत्साहित हुने उनले बताए।
मुलुकमा रोजगारी विस्तार एवम् राजस्व अभिवृद्धिमा योगदान गर्दै आएको यस क्षेत्रका संभावना र अर्थतन्त्रमा हुने योगदानबारे समेत राज्यको ध्यानाकर्षण एक्स्पोले गर्ने आयोजकको विश्वास रहेको बताएको छ। तीन दिनसम्म चल्ने एक्स्पो खानी तथा भूगर्भ बिभागको परिसर लैनचौरमा हुने बताइएको छ।