नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । छापावाल सुनको मूल्य बिहीबार तोलामा ५९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ५९ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको भाउ स्थिर छ । बुधबार तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ बिहीबार पनि सोही नै कायम रहेको महासंघले जनाएको छ ।