काठमाडौं-दिल्ली उडानको हवाई भाडा तीन गुणाले बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आफ्ना उडान बन्द गरेको छ । यसको असर नेपालमा पनि परेको हो । जेट एयरवेजको उडान रोकिएसँगै नेपाल-दिल्ली रुटमा हवाई पनि बढेको हो ।
अहिले काठमाडौं-दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको छ । साताअघि सम्म ८/९ हजार रुपैयाँमा पाइने काठमाडौं-दिल्लीको टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन मुस्किल छ ।
अहिले काठमाडौं-दिल्ली रुटमा नेपाल वायुसेवा र एयर इन्डियाले दैनिक २/२ उडान गरिरहेका छन् । इन्डिगोको भने दैनिक एक उडान भर्छ ।